अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

थारु समुदायका हक अधिकारका लागि संगठित हुनुपर्छ ः थारु अगुवाको निष्कर्ष

थारु समुदायका हक अधिकारका लागि संगठित हुनुपर्छ ः थारु अगुवाको निष्कर्ष

थारुहरुको हक अधिकार तथा पहिचानका लागि संगठित भएर अघि बढ्नु पर्ने थारु अगुवाहरुले बताएका छन् ।शनिबार धनगढीमा भएको एक कार्यक्रमका सहभागी थारु अगुवाहरुले थारु समुदायको हक अधिकार तथा पहिचानका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताएका हुन् ।अधिवक्ता जोहारीलाल चौधरी थारु समुदायका हक अधिकारका लागि उठाउनु पर्ने विषयबस्तु धेरै रहेको बताए ।

उनले थारु समुदायको हक अधिकार, पहिचान लगायत विभिन्न ठाउँमा प्रतिनिधित्वको सवालका विषयहरु धेरै रहेको बताए ।अधिवक्ता चौधरीले राजनीतिक सवालमा चेतना र अग्रसरता भए पनि अझै पनि थारु समुदाय आफ्ना माग मुद्धा हक अधिकार र पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित हुनु परेको बताए ।‘

थारु समुदाय आफ्ना हक अधिकार र पहिचानका लागि राज्य सामु उठाउनु पर्ने धेरै माग मुद्दा र विषयबस्तु रहेका छन्’, उनले भने–‘थारु समुदायमा राजनीतिक रुपमा चेतना तथा अग्रसरता बढे पनि अझै आफ्ना माग मुद्दा सम्बोधनका लागि आवाज उठाउन नसकेको अवस्था रहेको छ ।’उनले जुनसुकै विचारधारा तथा नेतृत्वदायी भूमिकामा रहेका पार्टीका थारु नेतृत्वलाई थारु समुदायको हक अधिकार तथा पहिचानका लागि संगठित भएर आवाज उठाउन पनि औंल्याएका थिए ।

थारु अगुवा तथा पूर्व शिक्षक गुरुप्रसाद चौधरीले थारु समुदायका माग मुद्दा लिएर राजनीतिमा स्थापित हुने तर पछि उक्त मुद्दालाई नै ओझेल पारिनुले थारु समुदाय आफ्ना हक अधिकार पाउन नसेकेको बताए ।

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल
पुष १६, १९:०६
नुक्लीपुर महोत्सव तथा होमस्टे उदघाटन पुस २५ गतेदेखि
पुष १६, १९:०६