सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता छनोट गर्न बसेको बैठक निष्कर्षविहीन, भोली बिहान ९ बजे पुन बस्ने

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र संसदीय दलको बैठक छनोट गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । आज दिउँसो २ बजे देखी संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।
प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट दुवैले अन्तिम समय सम्म दाबी कायमै राखेपछि आज सहमति हुन सकेको थिए ।आज बिहान प्रदेश कमिटी तथा केन्द्रीय सदस्यहरूको बैठकले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट दिएको थियो ।
तर अन्तिम सम्म पनि सहमति हुन सकेन ।भोली बिहान ९ बजे पुन बैठक बस्ने र सहमति गर्ने प्रदेश इन्चार्ज भट्टले जानकारी दिए ।सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ सांसद छन् ।