अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

घोडाघोडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यक्रम वडा नं. ५ सुरु
मंसिर २१, ०८:४४
कैलालीको जोशीपुरमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु
मंसिर २१, ०८:४४