अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी–७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

घोडाघोडी–७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

पहलमानपुर २० मसिंर ः कैलालीको घोडाघोडी नगरपालिका–७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान वडा नम्बर–७ मा सम्पन्न भएको हो । वडा अध्यक्ष जुगराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, मानवअधिकार समुह घोडाघोडीका पदाधिकारी, बाल अधिकार चेतना समूहका पदाधिकारी, पत्रकार लगायत स्थानीयहरूको सहभागितामा रहेको थियो ।

कार्यक्रममा अस्थाई प्रहरी चौकी हरीनगरका सहाय हल्दार तेजराज कापडीले महिला माथिको सामाजिक दृष्टिकोणमा पूर्ण रुपमा परिवर्तन नआइसकेकाले सामाजिक आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बेला आएको उनले बताए । महिला र पुरुषबिचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न सकिने उनले बताएका छन् ।

मानवअधिकार समुह घोडाघोडीकाका अध्यक्ष साबित्रा आचार्यले लैङ्गिक हिंसा समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोच परिर्वतन सगैं यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा उनको जोड थियो । कुनै पनि खाले हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएपछि मात्र यस्ता घटनामा कमी आउने भन्दै उनले त्यसका लागि राज्यले बलियो भएर लाग्नुपर्ने र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा लाग्नु पर्ने बताए ।


महिला तथा बालबालिका शाखाका प्रमुख इन्दु जोशीले लैङ्गिक हिंसा भनेको के हो ? समुदायमा विद्यमान हिंसा, कुरीति, कुसंस्कारको बारेमा सहभागीहरूलाई जानकारी दिए । समाजको सकारात्मक रूपान्तरणको लागि नगर सरकार लागि परेको भन्दै उनले एकै चोटि ठुलो परिवर्तन नहुने उनको धारणा थियो । हरेक किसिमका हिंसामा पर्ने महिलाहरू शोषित मात्रै भएर नबस्न आग्रह गर्दै उनले कहीँ कतै बाट हिंसा भए सम्बन्धित निकाय वा नगर अन्तर्गतको न्यायिक समितिमा जान समेत उनले आग्रह गरे ।


अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रवृत्तिले हिंसा न्यूनीकरण नहुने र यसका लागि सरकार, सङ्घ संस्था तथा स्थानीयहरू समेत जागरुप बन्नु पर्ने जोशीको भनाई थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने गरिन्छ । घोडाघोडी नगरपालिकाको आयोजना तथा मानवअधिकार समुह, बाल अधिकार चेतना समुह, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश र सामुदायिक– प्रहरी साझेदारीको समन्वयमा कार्यक्रमहरू गरिएको थियो ।

धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा ल्याव स्थापना माग गर्दै विद्यार्थीले ताला
मंसिर २०, १९:१६
घोडाघोडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काममा लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यक्रम वडा नं. ५ सुरु
मंसिर २०, १९:१६