धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा ल्याव स्थापना माग गर्दै विद्यार्थीले ताला

कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले फेरि ताला लगाएका छन्।
धनगढी उप–महानगरपालिका द्वारा सञ्चालित इन्स्टिच्यूटमा मंगलबार विद्यार्थीले ल्याब स्थापनाको माग गर्दै ताला लगाएका हुन्।
वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शौचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको मागसहित फेरि ताला लगाइएको विद्यार्थीले बताएका छन्।
गत साउन अन्तिम साता पनि तालाबन्दी गरिएको थियो।