अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडी नगरपालिका वडा नं.१० आइतवार साक्षर वडा घोषणा

कैलालीको घोडाघोडी नगरपालिका वडा नं.१० आइतवार साक्षर वडा घोषणा

कैलालीको घोडाघोडी नगरपालिका वडा नं.१० लाई आइतवार साक्षर वडा घोषणा गरिएको छ । वडा भित्रका १५ देखि ६० उमेर समूहका ९५.३८ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षर रहेको पाइएकोले वडालाई साक्षर वडा घोषणा गरीएकोे नगरपालिकाले जनाएको छ । आइतवार एक कार्यक्रमका बिच वडा नं. १० लाई साक्षर वडा घोषणा गरिएको हो ।

वडा नं. १० का वडा अध्यक्ष भीम बहादुर बमको सभापतित्वमा भएको साक्षर वडा घोषणा कार्यक्रममा नगर प्रमुख ममता प्रसाद चौधरी उप प्रमुख प्रेम कुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह, शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी विशिष्ट अतिथि रहनु भएको थियो ।

यस्तै सामुदायिक सिकाई केन्द्रका संयोजक शिव प्रसाद ढकाल, कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयकाका प्रधानध्यापक उमाकान्त मिश्र, बुलबुले बहुमुखी क्याम्पसका प्रतिनिधि, जनकल्याण माध्यमिक विद्यालय थेवैका प्रधानध्यापक मोती प्रसाद शर्मा,शसस्त्र प्रहरी बेस क्यापमका प्रमुख शैलेन्द्र सिंह चैसीर, पहलमानपुर प्रहरी चौकीका प्रमुख अनिल शाह, सरोकारवालाहरू, शिक्षक, विद्यार्थीहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

घोडाघोडी नगरपालिका वडा नं. १० का वडा सदस्य राम प्रसाद भण्डारीको स्वागत मन्तव्यसंगै कार्यक्रम शुरु भएको थियो । साक्षर वडा घोषणा गर्ने कार्यक्रम अन्तरगत नगर प्रमुख ममता प्रसाद चौधरीले २ः४५ मिनेटको समयमा साक्षर वडा घोषणा गर्नु भएको थियो ।

कैलालीको घोडाघोडी नगरपालीकाको आमफाटामा करेन्ट लागेर एक पुरूषको मृत्यु
पुष ११, १७:०९
बुधबार सम्म वर्षा र हिमपातको सम्भावना देशभर चिसो बढ्ने
पुष ११, १७:०९