घोडाघोडी बहुमुखी क्याम्पस द्वारा क्याम्पस परिसर भित्र टिकटक बनाउन रोक

कैलालीको एक क्याम्पसमा विद्यार्थीलाई टिकटक बनाउन रोक लगाइएको छ ।
जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई अब टिकटक बनाउन रोक लगाइएको हो । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय सुचनामा उल्लेख गरिएको छ ।
विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो ।
सो सुचनाको अटेर गरेको पाईएमा आचारसंहिता अनुसार कारबाही गरिने क्याम्पसले जनाएको छ ।
