अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ कार्यक्रम कैलालीको जोशीपुरमा शुरु

अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ कार्यक्रम कैलालीको जोशीपुरमा शुरु

अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ कार्यक्रम शुरु भएको छ । “ उठौैं जागौं सहभागी बनौ, अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ सफल पारौ ” भन्ने नाराका साथ जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ७ घैला बौनियाँको शिव शक्ति मन्दिरमा ३ दिने अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ आइतवारवाट शुरु भएको छ । श्री सनातन हिन्दु समाज नेपालका केन्द्रिय अध्यक्ष डा. राम बहादुर चौधरीको सभापत्विमा भएको उदघाटन कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।

भने कार्यक्रममा विशिष्ट अतिथि भागवत वाचक एवं तान्त्रिक गुरु श्याम कार्की रहनु भएको थियो । यस्तै समाज सेवी बुद्धिजिवी गया प्रसाद कुश्मी, बन्स राम बडायक र समाज सेवी एवं सामाजिक अभियन्ता प्रेम चौधरी लगतयका रहनु भएको थियो । शिव शक्ति मन्दिरका पुजारी लौटनदास चौधरीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा श्री हिन्दु समाज नेपालका केन्द्रिय उपाध्यक्ष कुकुलाल दास चौधरीले कार्यक्रमको वारेमा बोल्नु भएको भने सामाजिक अभियन्ता प्रेम चौधरी शनिदेव एवं भैरवनाथ महायज्ञको लक्ष्य उद्देश्यको वारेमा बोल्नु भएको थियो । यस्तै घोडाघोडी नगरपालिकाले कार्यक्रम संचालन एवं व्यवस्थापन गर्नका लागि १ लाख आर्थिक सहयोग गरेको छ ।

कार्यक्रम संचालन गर्नका लागि नगरपालिकाले गरेको सहयोगको मुल्याकंन गर्दै आयोजक संस्था श्री सनातन हिन्दु समाज नेपालले कार्यक्रमका प्रमुख अतिथि समेत रहनुका घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई सम्मान पत्र र दोसल्लाद्धारा सम्मान समेत गरिएको थियो । अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ कार्यक्रम मंसिर २६ गते देखि २८ गते सम्म संचालन हुने छ ।

यस ज्ञान महायज्ञमा शनिदेव र भैरवनाथको महिमा वारे प्रवचन हुनुका साथै तान्त्रिक विद्याद्धारा उपचार समेत गरिने छ । अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञमा तान्त्रिक महाराज भागवत वाचक श्याम कार्कीले गर्दै हुनु हुन्छ ।

बैतडीमा बुहारीमाथि ससुराले नै बलात्कार गरेको घटना सार्वजनिक
मंसिर २६, २१:३४
घोडाघोडी बहुमुखी क्याम्पस द्वारा क्याम्पस परिसर भित्र टिकटक बनाउन रोक
मंसिर २६, २१:३४