अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बैतडीमा बुहारीमाथि ससुराले नै बलात्कार गरेको घटना सार्वजनिक

बैतडीमा बुहारीमाथि ससुराले नै बलात्कार गरेको घटना सार्वजनिक

बैतडीमा बुहारीमाथि ससुराले नै बलात्कार गरेको घटना सार्वजनिक भएको छ। जिल्लाको सिगास गाउँपालिका–५ मा ससुराले आफ्नै बुहारीलाई पटक–पटक बलात्कार गरेको घटना सार्वजनिक भएको हो।बलात्कारपछि पेटमा बच्चा बसेको र पिडीत बुहारी न्यायको खोजीमा जिल्ला सदरमुकाम पुगेपछि यो घटना सार्वजनिक भएको हो। आफ्नै ससुराले जबरजस्ती गरेपछि बच्चा बसेको र कसैलाई भने मारिदिन्छु भन्ने धम्की आएपछि आफूले घटना लुकाउन बाध्य भएको महिलाको भनाइ छ।

ससुराले पटक–पटक बलात्कार गरेपछि गर्भ रहेकी ती महिला प्रहरीमा पुगेकी थिइन्। तर, प्रहरीले कानुनअनुसार मुद्दा दर्ता गर्न नमिल्ने बताएको छ। यो मुद्दा हाडनाता करणीको भएकाले आफूले अदालतमा जान सुझाएको प्रहरीले जनाएको छ।यता, पीडित महिला मुद्दा दर्ताका लागि अदालत पुगे पनि कागजात नपुग्दा मुद्दा दर्ता नभएको बताइएको छ।

गत बर्ष यिनै पीडित महिलाकी छोरीमाथि सामूहिक बलात्कार भएको थियो। सामूहिक बलात्कारबाट गर्भवती बनेकी उनकी छोरीले समेत बच्चा जन्माएकी छन्। छोरीको बलात्कारमा संलग्न आरोपमा ४ जना पक्राउ परेका भएपनि दुईजना छुटेका छन्। सो बलात्कारका मुख्य आरोपी छुटेको पीडित महिलाको गुनासो छ। आफूमाथि यौन शोषण गर्ने ससुरामाथि कारबाही हुनुपर्ने उनको माग छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँद
मंसिर २५, ०८:०५
अखण्ड रामायण, शनिदेव एवम् भैरवनाथ महिमा ज्ञान महायज्ञ कार्यक्रम कैलालीको जोशीपुरमा शुरु
मंसिर २५, ०८:०५