अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बुलबुले पिक्नी क्षेत्रमा शिव मन्दिरको सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वधार मन्त्री सोडारीद्धारा शिलान्यास

बुलबुले पिक्नी क्षेत्रमा शिव मन्दिरको सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वधार मन्त्री सोडारीद्धारा शिलान्यास

बुलबुलेधारा तथा पर्यटकिय क्षेत्रमा शिव मन्दिरको शिलान्यास गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० झिरौखामा रहेको यस क्षेत्रकै चर्चित पिक्नीक स्पोर्ट तथा पर्यटकिय क्षेत्रमा सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वधार मन्त्री दिर्घ बहादुर सोडारीले बुधवार एक कार्यक्रमका विच मिन्दर शिलान्यास गर्नु भएको छ । बुलबुले पिक्नी क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि उक्त ठाउँमा शिव मन्दिर निर्माण गर्न लागिएको बताइएको छ ।

बुलबुलेरानी सामुदायिक वन उपभोक्ता समुहले आफ्नै लगानीमा सो ठाउँमा शिव मन्दिर निर्माण गर्न लागिएको बताइएको छ । बुलबुले धारा तथा पर्यटकिय पिक्नीक स्पोर्टको रुपमा प्रचलित रहेको हुनाले सामुदायिक वनको आम्दानीवाट धाराको किनारमा ६ लाख ५० हजारवाट शिव मन्दिर निर्माण गर्न लागिएको सामुदायिक वनका अध्यक्ष खडक बहादुर बुढाले जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भौतिक पूर्वधार बिकास मन्त्री दिर्घबहादुर सोडारीले बुलबुले पिक्नीक क्षेत्रमा कान्द्रा नदीको कटान नियन्त्रणका लागि मन्त्रलायवाट तत्बन्धन निर्माणका लागि विषेश गरि सहयोग गर्ने प्रतिबदता समेत जनाउनु भएको छ ।बुलबले पिक्नी क्षेत्रमा आजभोली दैनिक रुपमा १०० देखि २०० जना पिक्नी खाना आउने गरेको बताइएको छ ।

साहार घरलाई बर्दगोरिया गाउँपालिकाद्धारा खाद्यन्न सहयोग
मंसिर २२, १८:२९
लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियान अन्तर्गत महिला समुह समिति तथा महिला पुरुष बिच अन्त कार्यक्रम बर्दगोरियामा सम्पन्न
मंसिर २२, १८:२९