साहार घरलाई बर्दगोरिया गाउँपालिकाद्धारा खाद्यन्न सहयोग

साहार घरलाई बर्दगोरिया गाउँपालिकाद्धारा खाद्यन्न हस्तान्त्रण गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको साहार घरलाई गाउँपालिकाद्धारा खाद्यन्न सहयोग गरिएको हो । मंगवलार साहार घरका संचालक बल बहादुर विष्टलाई गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारु र न्यायिक समितिका संयोजक एवं उपाध्यक्ष भगवती देवि डगौरा थारुले संयुक्त रुपमा खाद्यन्न सामाग्री हस्तान्त्रण गर्नु भएको थियो ।सडक पेटीमा जिवन बिताउने अपाङ्गता तथा मनस्थिती विग्रेका बेसाहारहरुको स्याहर सुसार गर्नका लागि संचालन भएको साहारघरलाई खाद्यन्न सामाग्री हस्तान्त्रण गरिएको हो ।
साहारा घरमा बस्ने अपाङ्गता तथा मनस्थिती खलबलिएका व्यक्तिहरुलाई खाद्यन्न समस्य नहोस र कोरोनाको नयाँ भेरिन्यतले साहारा घरमा खाद्य संकट हुन नपाओस भन्ने उद्देश्यले खद्यन्न सामाग्री सहयोग गरिएको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष भगवती देवि डगौरा थारुले बताउनु भएको छ । बर्दगोरिया गाउँपालिका महिला तथा वालवालिका शाखाको सहयोगमा ८०० किलो चामल खाने तेल ३० लिटर, दाल ५० किलो र नुन ३० पोका सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौरा थारुले बताएका छन । साहारा घरलाई गाउँपालिकाले हरेक वर्ष खाद्यन्न लत्ताकपडा सहयोग प्रदान गर्दै आई रहेको गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुले जानकारी दिनु भएको छ ।
खाद्यन्न सामाग्री हस्तान्त्रण कार्यक्रममा महिला तथा बालबालिका बिकास शाखाका प्रमुख पानमती रानाको समेत सहभागीता रहेको थियो ।गाउँपालिकाले हरेक वर्ष खाद्यन्न सहयोग प्रदान गरेकोमा साहारा घरका संचालक बल बहादुर विष्टले अभिभावकत्वको भुमीका निर्वाह गरेकोमा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई धन्यवाद व्यक्त गरेका छन ।