अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी ३ र ७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

घोडाघोडी ३ र ७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान निरन्तरता दिएको छ । वडा नम्बर ३ र ७ को संयुक्त आयोजनामा वडा नम्बर ३ को निम्दी गाउँमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । ‘घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष कमल थारुको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक विद्यार्थी र न्यायिक समितिका पदाधिकारी लगायत स्थानीयहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

लैङ्गिक हिंसाको बारेमा अधिकांश वक्ताहरूले बोलको थिए । महिला माथिको सामाजिक दृष्टिकोणमा पूर्ण रुपमा परिवर्तन नआइसकेकाले सामाजिक आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बेला आएको नगर उप प्रमुख प्रेम कुमारी थापाको भनाई थियो ।घोडाघोडीमा यो अभियान निकै राम्रो ढङ्गबाट सफल बनाउनुपर्ने उनको धारण थियो । समाजको सकारात्मक रूपान्तरणको लागि नगर सरकार लागि परेको भन्दै उनले एकै चोटि ठुलो परिवर्तन नहुने उनको भनाई थियो ।

हरेक किसिमका हिंसामा पर्ने महिलाहरू शोषित मात्रै भएर नबस्न आग्रह गर्दै उपप्रमुख थापाले कहीँ कतै बाट हिंसा भए सम्बन्धित निकाय वा नगर अन्तर्गतको न्यायिक समितिमा जान समेत उनले आग्रह गरे । कार्यक्रममा सहभागी कतिपय महिलाहरूले आफूले बोल्न नपाएको भन्दै कार्यक्रम बाहिर गुनासो पोखेका थिए । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने गरिन्छ ।

अमर शहिद स्मृती आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न ।
मंसिर २१, १९:३६
साहार घरलाई बर्दगोरिया गाउँपालिकाद्धारा खाद्यन्न सहयोग
मंसिर २१, १९:३६