अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

अमर शहिद स्मृती आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न ।

अमर शहिद स्मृती आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न ।

अमर शहिद स्मृती आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० लठैयामा रहेको अमर शहिद स्मृती आधारभुत विद्यालयको सामाजिक परिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैन बहादुर चौधरीको सभापत्विमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि घोडाघोडी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष भीम बहादुर बम र बिद्यालय ब्याबस्थापन समितिका निर्वतमान अध्यक्ष तथा पुर्ब सासद कृष्ण कुमार चौधरी रहनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्ण बडुवालको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ को करिव ३३ लाख वरावरको आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल रमेश चौधरीले गर्नु भएको थियो । यस्तै अमर शहिद स्मृती आधारभुत विद्यालयलाई स्थापन गर्न सहयोग गरेका १८ जना सहयोगदाताहरुलाई नगर प्रमुख तथा कार्यक्रममा प्रमुख अतिथि ममता प्रसाद चौधरीले दोस्सला एवं कदर पत्रद्धारा सम्मान गर्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक खुशीराम चौधरीले गर्नु भएको थियो ।

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु
मंसिर २१, १९:३२
घोडाघोडी ३ र ७ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
मंसिर २१, १९:३२