अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कांग्रेस महाधिवेशन स् सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्य तालिका फेरबदल

कांग्रेस महाधिवेशन स् सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्य तालिका फेरबदल

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्य तालिका फेरिएको छ । प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सर्वसम्मतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्य तालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजेदेखि ४ बजे गरिएको छ ।यस्तै, मनोनयन पत्रमाथि पर्ने दाबी, विरोध दर्ता गर्ने जाचबुझ गर्ने ४ः३० बजेदेखि दिउसो ५ बजे सो उपर निर्णय ५ः३०, उम्मेदवारको नेपाली वर्णनुक्रम ९देवानगरी, लिपि० पहिलो नाम प्रकाशित गर्ने ५ः३० बजे कायम गरिएको छ ।

यस्तै, मनोनयन फिर्ता लिने ५ः३० देखि ६ः३० बजे, अन्तिम नामवली प्रकाशन साँझ ७ः३० बजे र मतदान भोलि बिहाना ८ बजेदेखि तोकिएको छ । प्रदेश कार्य समितिका लागि सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ ९१ महिला सहित० र प्रदेश सदस्य ५१ जना रहने छन ।

प्रदेश सभापतिका लागि नेता वीरबहादुर बलायरलाई सभापति सर्वसम्मत रूपमा बनाउने प्रयास भइरहेको छ । यद्यपि, प्रदेश सभापतिका आकांक्षी कैलाली सभापति नरनारायण शाह र अछामका गोविन्दबहादुर शाह सहमत छैनन् ।प्रदेशमा सभापतिका आकाक्षी थपिने क्रम जारी छ ।

यसअघि, सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही ९अछाम०, पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह ९बझाङ०, कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस , देशभर बिबिध कार्यक्रमको आयोजना गरी मनाइदै
मंसिर १७, १०:१९
३० औ अन्तराष्ट्रि अपाङ्गता दिवस कैलालीको बर्दगोरियामा अन्तरक्रिया सहित सम्पन्न
मंसिर १७, १०:१९