अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस , देशभर बिबिध कार्यक्रमको आयोजना गरी मनाइदै

आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस , देशभर बिबिध कार्यक्रमको आयोजना गरी मनाइदै

आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । हाम्रो प्राथमिकताको आधार , अपांगता भएका व्यक्तिहरुको अधिकार भन्ने मुल नाराका साथ देशभर बिबिध कार्यक्रमको आयोजना गरिएको छ ।

सन् १९९२ डिसेम्बर ३ तारिख देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तराष्ट्रिय अपाङ्ग दिवसका रुपमा मनाउने गरेका हो ।

प्रत्येक वर्ष यो दिवस विभिन्न विषयमा केन्द्रित भएर मनाउने गरिन्छ । विषय र शीर्षके फरक फरक भएपनि अपाङ्गता सम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरुको समाधान निकालल्ने उद्देश्य रहेको छ ।

दुई वर्ष देखि पूरै विश्व कोभिड १९ महामारीसँग लडिरहेको बेला अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि चुनौति थपिएका छन् ।

आजको दिन अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका लागि विशेष कार्यक्रमहरु गर्ने गरिन्छ ।

अपाङ्गता सम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

कांग्रेस प्रदेश अधिवेशनको धनगढीमा चहलपहल, होटल भरिभराउ
मंसिर १७, १०:१६
कांग्रेस महाधिवेशन स् सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्य तालिका फेरबदल
मंसिर १७, १०:१६