अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कांग्रेस प्रदेश अधिवेशनको धनगढीमा चहलपहल, होटल भरिभराउ

कांग्रेस प्रदेश अधिवेशनको धनगढीमा चहलपहल, होटल भरिभराउ

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले धनगढीमा चहलपहल बढेको छ। सुदूरपश्चिमका ९ वटै जिल्लाका कांग्रेसका प्रतिनिधि तथा नेता कार्यकर्ता आउँदा धनगढीमा चहलपहल बढेको छ। बाहिरबाट नेता कार्यकर्ता आउँदा धनगढीका होटलहरु पनि भरिभराउ भएका छन्।प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ८७ जना प्रतिनिधिहरु आएका छन्।

त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ता पनि आएका छन्। नेता तथा कार्यकर्ताहरु आउँदा धनगढीका होटलहरु भरिभराउ भएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। उनले भने, ‘अहिले कांग्रेसको अधिवेशन चलिरहँदा धनगढीका सबै होटलहरु भरिभराउ भएका छन्।’कोभिड–१९ पछि सुस्ताएको होटल व्यवसाय अहिले कांग्रेसको अधिवेशनले जुर्मुराएको छ।

धनगढीका विभिन्न होटलमा कांग्रेसले ११ सय जनाको आवासका लागि कोठा बुकिङ गरेको बताउँदै उनले भने, ‘अहिले धनगढी बजार क्षेत्रका कुनै पनि होटल खाली छैनन्, सबै होटल ग्राहकले भरिभराउ भएका छन्।

दिल्लीमा घातक वायू प्रदूषण ः विद्यालय अनिश्चितकाल बन्द, हिडडुल नगर्न आग्रह
मंसिर १७, ०८:२२
आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस , देशभर बिबिध कार्यक्रमको आयोजना गरी मनाइदै
मंसिर १७, ०८:२२