अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

आज सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज सुदूरपश्चिमसहित देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन्। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौमसविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।

भोलि पनि मौसम यस्तै रहने र पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ। यस्तै, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ।

घोडाघोडी नगरपालिका ४ नं. वडाकार्यालयवाट न्यु भिजनलाई खेलकुद सामाग्री सहयोग
मंसिर १६, ११:१६
नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशको अधिबेशन धनगढीमा शुरु
मंसिर १६, ११:१६