अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी नगरपालिका ४ नं. वडाकार्यालयवाट न्यु भिजनलाई खेलकुद सामाग्री सहयोग

घोडाघोडी नगरपालिका ४ नं. वडाकार्यालयवाट न्यु भिजनलाई खेलकुद सामाग्री सहयोग

कैलालीको घोडाघोडीमा क्लवलाई खेलकुद सामाग्री वितरण गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ४ को सहयोगमा न्यु भिजन क्लवलाई खेलकुद सामाग्री वितरण गरिएको बताइएको छ । घोडाघोडी नगरपालिका वडा नं. ४ को आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित रकमवाट उक्त सामाग्री वितरण गरिएको जनाइएको छ ।

स्थानिय स्तरमा भएका खेलाडीको प्रतिभा उजागर गर्नुका साथै खेल क्षेत्रमा युवाहरुको आकर्षण बढाई सभ्य समाज निर्माण गर्न युवाका भुमीका महत्व पूर्ण हुने भएकोले युवाहरुको चाहन अनुसार उक्त सामाग्री वडा कार्यालयवाट प्रदान गरिएको वडा अध्यक्ष टेक बहादुर बुढाले बताउनु भएको छ । खेल सामाग्री प्रदान गरि युवाहरुको भावनालाई सम्बोधनको मा न्यू भिजन युथ क्लवले धन्यवाद ब्यक्त गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ अन्तर्गत वडाबाट बिनियोजन गरिएको रकमबाट यस क्बलाई दुई वटा फुटबल,१६ जोर फुटबल ड्रेस,१६ जोर फुटबल शुज,१६ जोर सक्स,१६ जोर फुटबल प्याड र एउटा बाजा सेट सहयोग प्रदान गरेको छ ।

कुमार कट्टेल ‘जिग्रीको ‘मञ्जुरी’ पछिको दोस्रो गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक
मंसिर १५, १८:२३
आज सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
मंसिर १५, १८:२३