अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कुमार कट्टेल ‘जिग्रीको ‘मञ्जुरी’ पछिको दोस्रो गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

कुमार कट्टेल ‘जिग्रीको ‘मञ्जुरी’ पछिको दोस्रो गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

कुमार कट्टेल ‘जिग्रीको ‘मञ्जुरी’ पछिको दोस्रो गीत सार्वजनिक भएको छ । कुमार कट्टेल ‘जिग्री’ले दाजु भाउजु धुर्मुस सुन्तलीको वैवाहिक वर्षगाँठमा विशेष उपहार सुम्पेका छन्। जिग्रीले गाएको ‘मायाले जीवन सजाउँ’ बोलको गीत दाजु भाउजुको वैवाहिक वर्षगाँठको अवसर पारेर सार्वजनिक गरेको बताएका हुन्।

कुमार कट्टेल जिग्री र अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतमा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अभिनय रहेको छ।

अर्जुन पोखरेलको शब्द संगीत रहेको उक्त गीतको भिडियोमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त जोडिको रुपमा प्रस्तुत गरिएको छ। सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तलीको १४ औँ वैवाहिक वर्षगाँठ हो।

दाजु भाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउनका लागि आफूले गाएको गीत सुम्पिएको जिग्रीले जानकारी दिएका छन। यस अघि उनकै स्वरमा रहेको गीत ‘मञ्जुरी’ सार्वजनिक भएको थियो। उनको यो गीत दोस्रो हो।

रामजी लामिछानेको कोरियोग्राफी एव्म निर्देशनमा बनेको भिडियोलाई राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् भने बन्दे प्रसादले सम्पादन गरेका छन्।

भिडियो

सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम मुडामा सम्पन्न
मंसिर १५, १७:०९
घोडाघोडी नगरपालिका ४ नं. वडाकार्यालयवाट न्यु भिजनलाई खेलकुद सामाग्री सहयोग
मंसिर १५, १७:०९