अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम मुडामा सम्पन्न

सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम मुडामा सम्पन्न

सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम मुडामा सम्पन्न भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नं. ४ मा आधरशिला कार्यक्रम अन्तरगत सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम मुडामा सम्पन्न भएको हो । पालिका भित्रका सहकारीहरुलाई व्यवस्थित र नितिगत कुरामा दक्ष बनाउनका लागि १ दिने आधरशिला सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि.को आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहकारी शाखाको सहकार्यमा सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुलाई प्रशिक्षण गरिएको थियो । प्रशिक्षण कार्यक्रमको उदघाटन बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भगवती देवि डगौरा थारुले व्यानरमा हस्क्षार गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम नेफस्कूनका संचालक समितिको सदस्य तथा प्रदेश बचत संघको अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बर्दगोरिया गाउँपालिका भित्रका सहकारी संस्थाका करिव २५ जनाको सहभागीतामा रहेको थियो भने कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका सहकारी शाखा प्रमुख सिता राम चौधरीले स्वागत मन्तव्य गर्नु भएको थियो ।

लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत किशोर किशोरीसंग अन्तरक्रिया कैलालीको बर्दगोरियामा सम्पन्न
मंसिर १५, १६:३०
कुमार कट्टेल ‘जिग्रीको ‘मञ्जुरी’ पछिको दोस्रो गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक
मंसिर १५, १६:३०