अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत किशोर किशोरीसंग अन्तरक्रिया कैलालीको बर्दगोरियामा सम्पन्न

लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत किशोर किशोरीसंग अन्तरक्रिया कैलालीको बर्दगोरियामा सम्पन्न

लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत किशोर किशोरीसंग अन्तरक्रिया गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका महिला बिकास तथा बालवालिका शाखाको आयोजनमा १ दिने किशोर किशोरीसंग अन्तरक्रिया कार्यक्रम बुधवार बर्दगोरियाको १ वडा कार्यालयमा गरिएको छ । किशोर किशोरीसंग अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी इलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख भीमदत्त जोशीले नेपाल सरकारले हिंसा विरुद बन्देज गरिएको कानुनी प्राबधान तथा दण्ड सम्बन्धी किशोर किशोरीहरुलाई जानकारी गराउनु भएको थियो ।

यस्तै किशोर किशोरीसंगहरुसंगको अन्तरक्रिया कार्यक्रममा बर्दगोरिया गाउँपालिकाको शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले वाल अधिकार वालवालिका सम्बन्धी ऐन बाल हिंसा जस्ता कुराको वारेमा प्रशिक्षण गर्नु भएको थियो । लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत बर्दगोरिया गाउँपालिका न्यायिक समितिको सहकार्यक्रम विभिन्न सचेतना मुलक कार्यक्रम गरिदै छ । सोही अन्तरगत बुधवार किशोर किशोरीसंग हरुसंग लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया गरिएको बताइएको छ ।

किशोर किशोरीसंग अन्तरगत कार्यक्रममा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भगवती देवि डगौरा थारुको सभापत्विमा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडा लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका करिव ४० जनाको सहभागीता रहेको थियो । भने कार्यक्रममा महिला तथा वालवालिका बिकास शाखाका प्रमुख पानमती रानाले लैङ्गिक हिंसको अन्तराष्ट्रि मान्यताको वारेका जानकारी गराउनु भएको थियो ।

कैलालीको घोडाघोडीमा नव प्रभात आधारभूत विद्यालयको प्रदेश संसाद साउद द्धारा भवन शिलान्यास
मंसिर १५, १६:२७
सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम मुडामा सम्पन्न
मंसिर १५, १६:२७