अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कोरोनाबारे वुहानको रिपोर्टिङ गर्दा चिनियाँ पत्रकारलाई जेल सजाय

कोरोनाबारे वुहानको रिपोर्टिङ गर्दा चिनियाँ पत्रकारलाई जेल सजाय

कोरोना भाइरसको प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो ।

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झान (पहिले वकालत गर्ने) लाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।  

भाइरसलाई लिएर वुहानको रिर्पाेटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक (पत्रकार) होइनन् । फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।

 बेपत्ता हुनेमा दोस्रो व्यक्ति चेन क्विशी हुन्, जसलाई सरकारको निरीक्षणमा राखिएको बताइएको छ भने अर्का पत्रकार फाङ्ग बिन, जसको बारेमा अझै थाहा छैन । चिनियाँ अधिकारीहरु अभियानकर्मीहरुलाई दबाउन जान्नेका रुपमा चिनिन्छन् । 

भर्खरै सार्वजनिक भएको एक अभियोग पत्रका अनुसार झाङ्ग गएको फेब्रुअरीमा वुहानका लागि प्रस्थान गरिन्, जहाँ उनले धेरै विषयमा रिपोर्टिङ गरिन् । चिनियाँ मानव अधिकार रक्षकहरुको नेटवर्क (सीएचआरडी) का अनुसार रिपोर्टमा अन्य स्वतन्त्र पत्रकारहरु नजरबन्दमा परेको र पीडित परिवारहरुको उत्पीडन पनि समावेश छ । 

तर गएको १५ मा उनी वुहानबाट हराइरहेको सीएचआरडीले बताएको छ । उनलाई ६ सय किमि टाढा शङ्घाईमा प्रहरीले हिरासतमा लिएको थाहा भयो । गएको जुन १९ मा उनी शङ्घाईमा पक्राउ परिन् । त्यसको झण्डै तीन महिनापछि उनलाई सेप्टेम्बर ९ मा आफ्नो वकिलसँग भेट्न दिइयो ।  

आफूलाई पक्राउ गरिएको विरोधमा झाङ्गले भोक हड्ताल गरेको सीएचआरडीले जनाएको छ । १८ सेप्टेम्बरमा उनका वकिललाई एक फोन आएको थियो, जसमा झाङ्गलाई आरोप लगाइएको थियो । गएको शुक्रबार उनलाई औपचारिक रुपमा आरोप लगाइएको थियो ।  एजेन्सी

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
मंसिर २, १५:०७
डडेल्धुरामा भाइटिका लगाएर आएकी श्रीमतीको श्रीमानद्वारा हत्या
मंसिर २, १५:०७