अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाल-बंगलादेशबीचको दोस्रो खेल आज

नेपाल-बंगलादेशबीचको दोस्रो खेल आज

मंसिर २ – नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज हुँदै छ ।

खेल नेपाली समयअनुसार अपराह्‍न ४:४५ मा सुरु हुने छ ।

मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । आज जित्‍नै पर्ने दबाबमा नेपाल छ । नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३-० गोलको जित आवश्यक छ । मैत्रीपूर्ण भनिए पनि सिरिज नै आयोजना गरिएकाले नेपाल २-० गोल अन्तरले विजयी भए पनि सिरिजको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ ।

नेपाली टिमले आजको म्याचका लागि सबै तयारी पूरा गरेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । अन्तिम तयारीस्वरुप नेपाली टिमले बंगबन्धु रंगशालामा हिजो अभ्यास गरेको थियो ।

लठौवा नाच जगेर्ना गर्दै कञ्चनपुरका थारु युवा
मंसिर २, १३:५२
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
मंसिर २, १३:५२