अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा बाघको आक्रमणबाट महिला घाइते

कैलालीमा बाघको आक्रमणबाट महिला घाइते

कैलालीको टीकापुरमा पाटेबाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १५ की ढुन्की कठायत पाटेबाघको आक्रमणबाट घाइते भएकी हुन्।

घाइते कठायतको पाखुरा, छाती, पिठ्यु, कानमा चोट लागेको छ। खोटेना भुराखानी र रानी कर्णाली सामुदायिक वन उपभोक्ता समूहको जंगलमा कठायतमाथि बाघले आक्रमण गरेको हो। घाइते कठायतको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

घोडाघोडी–१० को वडा कार्यालयमा तालाबन्दी
मंसिर ८, १८:१९
कैलाली ४ मा गठबन्धनको विजयी र्याली
मंसिर ८, १८:१९