अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी–१० को वडा कार्यालयमा तालाबन्दी

घोडाघोडी–१० को वडा कार्यालयमा तालाबन्दी

कैलालीको घोडाघोडी नगरपालिका १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । ट्याक्टर व्यवसायी, निर्माण व्यवसायी र मजदुरहरूले वडा कार्यालयमा तालाबन्दी गरेका हुन । नगरपालिकाले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण अहिले सम्म पनि खुल्ला नगरेको भन्दै उनीहरूले वडामा तालाबन्दी गरेका हुन ।

ढुङ्गा, गिट्टी तथा बालुवा नगरपालिको खुल्ला नगर्दा आफूहरूको रोजी रोटी रोकिएको उनीहरूले बताएका छन् । चाँडो भन्दा चाँडो नगरपालिकाले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्नु पर्ने ट्याक्टर व्यवसायी, निर्माण व्यवसायी र मजदुरहरूको माग रहेको छ ।नगरपालिकाले भने ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्ने जिम्मा कर्णाली निर्माण सेवाले ठेक्का प्रकृया मार्फत पाई सकेको र केही बिभित कारणले गर्दा रोकिएको बताएको छ ।

अबको केही दिन भित्रमा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्ने जनाएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित
मंसिर ८, १८:१६
कैलालीमा बाघको आक्रमणबाट महिला घाइते
मंसिर ८, १८:१६