अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएका छिन । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउदै श्रेष्ठ निर्वाचित भएका छन । श्रेष्ठले ३० हजार ४०४ मत पाउदा राम जनम १८ हजार ८ मत मात्रै पाएका छन । यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल ५ हजार ९१० मत मत पाएका छन ।

२०७२ सालमा टीकापुर घटनामा जेल जीवन बिटाउदै रहनु भएका रेशम चौधरी भूमिगत अवस्थामा ३४ हजार बढी मतले यस क्षेत्रमा जितेका थिए । कारागारमा रहेको बेला चौधरी गएको वर्षमा पुस महिनामा श्रीमती श्रेष्ठको अध्यक्षतामा पार्टी दर्ता गराएका थिए ।३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि चौधरीको पार्टी क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको छ ।

कैलाली प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन ।प्रदेशसभा (१) मा १५ हजार १०१ मतसहित कैलाश चौधरी निर्वाचित भएका छन । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज विनाडी १० हजार ३७७ मत पाएका छन ।यस्तै प्रदेशसभा (२) मा ११ हजार ३१७ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसको डा.रणबहादुर रावल ८ हजार ५३ मत पाएका छन भने नेकपा एमालेको द्धारिका न्यौपाने ५ हजार ३२० मत मात्रै पाएका छन ।

डोटीमा प्रेम आले निर्वाचित
मंसिर ८, १८:१२
घोडाघोडी–१० को वडा कार्यालयमा तालाबन्दी
मंसिर ८, १८:१२