कैलाली–१ मा नागरिक उन्मुक्तिका रन्जिता सात हजार मतले अगाडि

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले अग्रतालाई यथावत राख्दै मतान्तर बढाउँदै लगेकी छन् । उनले गठबन्धन उम्मेदवारलाए सात हजार २२४ मतले पछाडि पारेकी छन् ।
३९ हजार ९०६ मत गणना हुँदा चौधरीले १८ हजार ३८३ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरेका गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ११ हजार १५९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा प्रदेशतर्फ पनि नागरिक उन्मुक्तिकै उम्मेदवार अगाडि रहेका छन् ।