अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलाली ३ (क) र (ख) मा नागरिक उन्मुक्ति बिजयी

कैलाली ३ (क) र (ख) मा नागरिक उन्मुक्ति बिजयी

कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधरी बिजयी भएका छन भने (ख)मा खुशीराम चौधरी विजयी भएका छन ।घनश्याम ३५१ मतान्तरले बिजयी भए भने खुशीराम ९२० मतान्तरले बिजयी भएका छन ।

घनश्यामले १३ हजार ९ सय २३ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका खेमराज चौधरीले ११ हजार ५ सय ७२ मत प्राप्त गरेका थिए । नेकपा एमालेका राज बहादुर बुढाले ४ हजार ६ सय ३१ मत प्राप्त गरे ।त्यसैगरि (ख) मा खुशीरामले ७ हजार ५३९ प्राप्त गरि बिजयी हुदा उनका प्रतिद्धन्दि गठबन्धनका बमर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरेका थिए ।

नेकपा एमालेका जय नारायण जोशिले ४ हजार २ सय ३६,रा प्र पा का प्रेम चौधरीले २ हजार ५ सय २८,स्वतन्त्र लक्ष्मण शाहिले ५ हजार १ सय ७७,स्वतन्त्र गोबिन्दराज जोशिले ९ सय ९ मत प्राप्त गरेका थिए ।३ को (क) मा शुरुदेखि अन्तसम्म नागरिक उन्मुक्ति पार्टीका घनश्यामको अग्रता थियो भने (ख) मा समाजबादीका साउँद र खुशीरामको अग्रता अगाडी पछाडी हुदै अन्तिममा उन्मुक्ति पार्टीले बाजी मारेको छ ।

प्रदेश (क) मा जम्मा खसेको मत संख्या ३३हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एकहजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिएका छन ।

त्यसैगरी प्रदेश (ख)मा जम्मा खसेको मतसंख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एकहजार ८७६ बदर मत रहेको जनाइएको छ ।यस अघि पनि कैलाली क्षेत्र न ३ प्रतिनिधि सभा सदस्य तर्फ पनि नागरिक उन्मुक्ति पार्टिकै गंगाराम चौधरी बिजयी भएका थिए ।

गङ्गाराम चौधरी को चिनारी
मंसिर ७, १४:११
बर्दिया–२ ः रेशम चौधरीका बुवा लालवीर चौधरी निर्वाचित
मंसिर ७, १४:११