अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्तीका गंगा चौधरी विजय

कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्तीका गंगा चौधरी विजय

कैलालीको क्षेत्र न ३ मा प्रतिनितिधी सभाको मतगणनाको काम सकिएको छ । घोडाघोडी बहुमुखी क्याम्पसमा भै रहेको प्रतिनिधि सभा सदस्य पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रतिनिधी सभा सदस्यको लागि बाम लोकतान्त्रीक गठबन्धको साझा उमेदवार कृष्ण कुमार चौधरीलाई हराउदै नागरिक उन्मुक्ती पार्टीका उमेदवार गंगा चौधरीले ढकिया चुनाव चिन्हवाट २३१२० मतले विजय हुनु भएको छ

भने उनको निकतम प्रतिद्धण्डी कृष्ण कुमार चौधरीले १७७४९ पाएका छन भने नेकपा एमालेको गौरीशंकर चौधरीले ९८७४ मत पाएका छन यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्र बमले ७०४७ पाएका छन ।कैलाली क्षेत्र नं. ३ मा ६३४४० जम्मा मत खसेको थियो भने बदर ४०२१ रहेको ५९७१९ सदर मत रहेको छ । प्रतिनिधि सभाको मत गणना सकिए संगै प्रदेश सभाको मत गणनाको काम शुरु भएको छ ।

प्रतिनिधि सभा सदस्य पदमा नागरिक उन्मुक्ती पार्टीवाट विजय हुनु भएका गंगा चौधरीले यो जीत आफ्नो मात्र नभएर समग्र क्षेत्र नं. ३ को आम मतदाता र उत्पीडित जाती वर्ग क्षेत्र को साथै सामाजिक तथा सांस्कृतिक पहिचानको लागि जनताको जीत भएको प्रतिक्रृया दिनु भएको छ । अहिले विजय भएका चौधरीलाई पार्टीका नेता कार्यकर्ता समथ्र्रकहरुले विजयको नारा जुलुस सहित खुशीयाली मनाई राखेका छन ।

कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्तीका गंगा चौधरी विजय
मंसिर ६, १४:२६
कैलालीको घोडाघोडीमा १५ वर्षीय एक किशोरीको बलत्कार पछि मृत्यु
मंसिर ६, १४:२६