अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी ५ को राष्ट्रिय माध्यमिक विद्यालय देवकलिया र पच्घरा मतदान केन्द्रमा २९६१ मत खस्यो

घोडाघोडी ५ को राष्ट्रिय माध्यमिक विद्यालय देवकलिया र पच्घरा मतदान केन्द्रमा २९६१ मत खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार बिहानदेखि जारी मतदान सकिएको छ।आइतबार बिहानदेखि जारी मतदान बेलुकी ५ बजे सकिएको हो। मतदान सकिएका स्थानमा मतपेटिका संकलनको तयारी छ।

विवाद भएका केही स्थानमा मतदान जारी छ। यस्तै कैलालीको घोडाघोडी नगरपालिकाको वडा नं. ५ राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा जम्मा १५०९ मत खसेको छ । रा. मा.वि. को पहिलो (क) बुथमा महिला २८५ पुरुष २१४ (ख) बुथमा महिला २६४ पुरुष २३६ रहेको छ भने (ग) बुथमा महिला २७५ पुरुष २३६ गरि जम्मा १५०९ मत खसेको जाइएको छ ।

भने राजीपुर पच्घरा मतदान केन्द्रमा पहिलो (क) बुथमा पुरुष २३३ महिला २३९, (ख) पुरुष २०९ महिला २६८ र तेस्रो (ग) बुथमा पुरुष २२९ र महिला २६४ गरि १४५२ मत खसेको हाम्रा सहकर्मी शेर बहादुर चौधरीले जानकारी दिनु भएको छ ।

घोडाघोडीनगरपालिका वडा नं. ५ मा देवकलिया मतदान केन्द्रमा २६४३ पच्घरमा मतदान केन्द्रमा २३१६ गरि जम्मा ४९५९ मतदाता रहेका छन ।

बाजुरामा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा, ३ जना घाईते
मंसिर ४, १७:४३
बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते
मंसिर ४, १७:४३