अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीका शिक्षक चुनावमा नखटिने, निजामतीसरह मर्यादा नपाएको आरोप

कैलालीका शिक्षक चुनावमा नखटिने, निजामतीसरह मर्यादा नपाएको आरोप

कैलाली घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालय तारानगरका शिक्षकहरुले निर्वाचन आयोगले तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको भन्दै नाम हटाइदिन आग्रह गरेका छन्।

राष्ट्रिय माध्यमिक विद्यालयका माध्यमिक तह तृत्तीय श्रेणीमा स्थायी र राहत शिक्षकको नाम सहायक कर्मचारीमा खटाइएकोले तह र श्रेणी अनुसारको पद नमिलेकाले मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरु सुवोध कुमार शर्मा, मनोज कुमार जोशी, हरिदत्त भट्ट र राहत शिक्षक बलभद्र देवकोटाले सुखड कैलाली निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिएका छन्।

शिक्षक सुवोध कुमार शर्माले निर्वाचन अधिकृतसँग छलफल गर्ने क्रममा निमावि तृत्तीय श्रेणीको शिक्षकको विवरण परेकोले सहायक कर्मचारीमा राखिएको र गल्ती भएको स्वीकार गरेको बताए। जिल्ला निर्वाचन आयोगले शिक्षक सुवोध कुमार शर्मालाई मतदान केन्द्र मेलघट्टी मावि दिपनगर ‘ङ’, शिक्षक मनोजकुमार जोशीलाई सरस्वती मावि शिखरखोला ‘ख’, हरिदत्त भट्टलाई सरस्वती मावि शिखरखोला ‘क’ केन्द्रमा र बलिभद्र देवकोटालाई राष्ट्रिय मावि नकफोडुवा ‘ग’ केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाएको छ।

कैलारी गाउँपालिकाले कृषकलाई अनुदानमा गहुँको विउ वितरण
कार्तिक २९, ०८:०४
निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू तीन दिन बन्द हुने
कार्तिक २९, ०८:०४