अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले गरे समर्थन गठबन्धनलाई

कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले गरे समर्थन गठबन्धनलाई

कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भोजराज सापकोटाले आफ्नो उम्मेदवारी निश्क्रिय पारेर बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने भएका छन् ।उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको सुझावअनुसार आफ्नो उम्मेदवारी स्थगित गरेर बामलोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दीर्घबहादुर सोडारीलाई समर्थन गरेको जनाएका छन् ।

प्रतिगमन विरुद्ध देशैभरि बामलोकतान्त्रिक गठबन्धन भएकोले गठबन्धनलाई सफल बनाउन उम्मेदवारी फिर्ता लिएको सापकोटाले बताए । क्षेत्र नम्बर ४ मा संघतर्फ आफूले बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका बीरबहादुर बलायरलाई समर्थन गरेको पनि उनले उल्लेख गरेका छन् ।नेकपा माओवादी केन्द्रबाट टीकट नपाएपछि असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सापकोटा नेकपा माओवादी केन्द्रको गौरीगंगा नगर कमिटीका उपाध्यक्ष थिए । गठबन्धनविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै उनलाई माओवादीले यसअघि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ सत्तारुढ–गठबन्धनका उम्मेदवारले जनता सँगको भेटघाटलाई तीव्रता
कार्तिक २७, १८:१७
दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप
कार्तिक २७, १८:१७