अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

हरेक वर्ष हुने घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव यस वर्ष मसिंर १० गते बाट हुने

हरेक वर्ष हुने घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव यस वर्ष मसिंर १० गते बाट हुने

कैलालीको घोडाघोडी नगरपालिका–१ मा घोडाघोडी लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा मसिंर १० गतेबाट सांस्कृतिक महोत्सव हुने भएको छ । बिहीबार सुखडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सांस्कृतिक महोत्सवको तयारी सुरु भएको जानकारी गराइएको छ ।मङ्सिर १० गते देखी १२ गते सम्म महोत्सव चल्ने घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्रु चौधरीले जानकारी दिए ।

घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीय उपस्थित हुने बताईएको छ । महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरीया नाच, दिन नचुवा नाच, धमार, मांगर नाच हुने बताईएको छ । थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ ।

अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । महोत्सवमा थारु संस्कृति झल्कने झाकि तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना हुने शङ्कर डगौराले जानकारी दिए ।

लवाङ्गी पूजाको अन्तिम दिन जीवन रक्षाको लागि थारु रित्तीअनुसार सामूहिक रुपमा घोडाघोडी मन्दिरमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिलेसम्म चली आएको छ । यहाँ कैलाली कञ्चनपुर, दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने बताइएको छ ।

कैलालीको घोडाघोडीमा सामुदायिक वनका पदाधिकारी नै काठ तस्करीमा संलग्न
कार्तिक २४, १८:१६
दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते
कार्तिक २४, १८:१६