कैलालीको घोडाघोडीमा सामुदायिक वनका पदाधिकारी नै काठ तस्करीमा संलग्न

पहलमानपुर २३, कात्तिक (रासस) ः कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर चार (४) रामपुरमा रहेको रामपुर सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुकै संलग्नतामा काठ÷गोलिया तस्करी गरिरको अवस्थामा पक्राउ गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर चार रामपुरमा रहेको रामपुर सामुदायिक वनवाट घोडाघोडी नगरपालिका वडा नम्बर चारमा रहेको सिताकुण्डा खानेपानी उपभोक्ता समूहका सचिव हर्क साउद, रामपुर सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति सदस्य श्याम थापा, सिताकुण्डा खानेपानी उपभोक्ता समूहका कार्य समिति सदस्य खडक बुढा, र कालु धामीको संलग्नतामा अबैद्य रुपमा काठ गोलिया तस्करी गर्न लागेको स्थानिय दान बहादुर रोकायाले बताएका छन ।
रामपुर सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष पदम साउदको डल्लपमा राती करिव १२ बजे को समयमा २६.८ क्यूफिट सालको गोलिया काठ तस्करी भै रहेको थाहा पाए पछि रोकायाले गाँउका स्थानिय युवाहरु, डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले अबैद्य रुपमा तस्कर गरिरहेको काठ÷गोलिया र डल्लप बरामद गरिएको छ भने काठ तस्करमा संलग्न हर्क साउद, श्याम थापा, खडक बुढा, कालु धामी फरार रहेको छन र तिनिहरुको खोजी कार्य गरि रहेको डिभिजन वन कार्यालय पहलमानपुरले बताएको छ ।
स्थानीय रामदुलार चौधरीका अनुसार केहि महिना अगाडी सिताकुण्डा खानेपानी आयोजना रामपुरका सचिव हर्क साउदले गैर कानुनी काम गरेर पदको दुरुपयोग गरि आफ्नो मनोमानीरुपमा खानेपानी आयोजनाको नाममा एक ट्राली भन्दा बढी करी, फ्रेम र पत्रहरु कोठामा लुकाई राखेको र तीन थान गोलिया काठ चिरान गरिरहेको बेलामा सब डिभिजन वन कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनको त्यो मुद्दा कैलाली जिल्ला अदालतमा चलिरहेका समेत चौधरीले बताए ।
हर्क साउदसंग तस्करमा संलग्न रहेका खडक बुढा, कुल धामी सिता कुण्डा खानेपानी उपभोक्ता समिति रामपुरका पदाधिकारी हुन भने श्याम थापा रामपुर सामुदायिक वन उपभोक्ता समूहका कार्य समितिका सदस्य हुन । उनीहरुले रातीको बाह्र (१२) बजेको समयमा काठ डल्लपमा लोड गरि ल्याई रहेको बेला स्थानिय दान बहादुर रोकायाले देखेपछि उनलाई नगद रु.१८ हजार दिएर हल्ला नर्गन आग्रह समेत गरेका थिए । तर रोकायाले रुपैया लिन नमानेर गाउका युवाहरुलाई खबर गरेपछि उनिहरुले डल्लप छोडि फरार भएको बताए । उक्त बरामद गरिएको डल्लप र काठ गोलियालाई रामपुर सामुदायिक वन उपभोक्ता समिति र डिभिजन वन कार्यालय पहलमानपुरको रोहबरमा मुचुल्का उठाई डिभिजन वन कार्यालय पहलमानपुरमा पठाईएको छ ।