अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धनगढीमा गोवर्द्धन पूजा, चौरासी व्यञ्जन दर्शन एवं अन्नकुट महोत्सव सम्पन्न

धनगढीमा गोवर्द्धन पूजा, चौरासी व्यञ्जन दर्शन एवं अन्नकुट महोत्सव सम्पन्न

धनगढीको लक्ष्मीनारायण मन्दिरमा गोवर्द्धन पूजा, चौरासी व्यञ्जन दर्शन एवं अन्नकुट महोत्सव सम्पन्न भएको छ। बुधबार धनगढीको लक्ष्मीनारायण मन्दिरमा महोत्सव गरिएको हो।द्वापर युगमा भगवान श्रीकृष्णद्वारा गोवर्द्धन पर्वतको पूजा गरिएको सम्झनामा अन्नकुट महोत्सव गरिएको लक्ष्मीनारायण मन्दिरका व्यवस्थापक हरिप्रसन्न न्यौपानेले बताए।

गोवर्द्धन पूजा गर्दा भगवानलाई भोग लगाउन चौरासी किसिमको भोजन गोवर्द्गन पर्वतलाई चढाउने परम्परा रहेको छ।गोवर्द्धन पूजामा छपन्न भोग लगाई भक्तहरूलाई प्रसादका रुपमा वितरण गरिन्छ। पूजा महोत्सवमा करिव चार सय भक्तजनको उपस्थिति रहेको थियो।

सडक छेउका संरचना हटाउन धनगढी उपमहानगरले डोजर चलायो
कार्तिक १७, ०७:५६
बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोगको संक्रमण कैलालीमा देखियो
कार्तिक १७, ०७:५६