अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलको मूल्य बढाएर पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।

पेट्रोल तथा हवाई इन्धनमा भएको नाफाका कारण हाल समग्रमा निगम नाफामै छ । आईओसीले निगमलाई कच्चा तेलको मूल्य र आफ्नो लागत खर्चलाई समेत समायोजन गर्दै १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार (१ बजे) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ डलर, ब्रेन्टको ९४ डलर हाराहारीमा कारोबार भइरहेको छ । तेल उत्पादक तथा वितरकहरुको संगठन ‘ओपेक प्लस’ले नोभेम्बर महिनादेखि उत्पादन कटौती गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।

गुरुवा बैद्यवा सोह्ीनीहरु सामाजिक एवं कानुनी मान्यताकोे लागि संगठित बन्दै ।
कार्तिक १५, १९:३५
सडक छेउका संरचना हटाउन धनगढी उपमहानगरले डोजर चलायो
कार्तिक १५, १९:३५