अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडीमा नव प्रभात आधारभूत विद्यालयको प्रदेश संसाद साउद द्धारा भवन शिलान्यास

कैलालीको घोडाघोडीमा  नव प्रभात आधारभूत विद्यालयको प्रदेश संसाद साउद द्धारा भवन शिलान्यास

कैलालीको घोडाघोडी नगरपालिका ४ माघीमा रहेको नव प्रभात आधारभूत विद्यालयको भवन शिलान्यास गरीएको छ । दुई कोठे भवनको मङ्गलवार सुदूर पश्चिम प्रदेशका सांसद अमर साउँदले शिलान्यास गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको १८ लाख लागतमा निर्माण हुन लागेको हो ।शिलान्यास कार्यक्रममा बोल्दै अमर साउँदले समयमै गुणस्तरीय खालको सामाग्री प्रयोग गरे छिटो छरितो तरीकाले भवन निमार्ण गर्न उनले समितिलाई आग्रह समेत गरेका छन् ।

विद्यालयको स्तर उन्नतिका आफू लागी परेको बताउँदै साउँदले विद्यालयलाई सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत गरेका छन् । सबैले आ आफ्नो ठाउँ बाट भूमिका निभाएको खण्डमा विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुने हुँदा सकारात्मक र जिम्मेवारी पूर्ण खालको भूमिका खेल्न हुन उनले अनुरोध गरे ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय चौधरीको सभापतित्वमा भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद अमर साउँद रहको थिए ।

यस्तै कार्यक्रममामा वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बुढा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष केशव बहादुर महरा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

घोडाघोडीको नव प्रभात आधारभूत विद्यालय भवनको शिलान्यास
मंसिर १४, १८:५७
लैङ्गिक हिंसा विरुदको १६ दिने अभियान अन्तरगत किशोर किशोरीसंग अन्तरक्रिया कैलालीको बर्दगोरियामा सम्पन्न
मंसिर १४, १८:५७