अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

‘अमिक्रोन’ भेरियन्ट आएपछि नेपालमा उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको सुझाव

‘अमिक्रोन’ भेरियन्ट आएपछि नेपालमा उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको सुझाव

विश्व स्वास्थ्य संगठन डब्लूएचओले नयाँ भेरियन्ट अफ कन्सर्नु ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ।यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ ।

यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ, डब्लूएचओकी क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनिन् ।विज्ञप्तीमा दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ।

क्षेतीपूर्ती माग गर्दै सुखडमा एक घण्टाको लागी खुलाएको पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध
मंसिर १२, १८:२६
बर्दियामा पाटेबाघको आक्रमणबाट १ पुरुषको ज्यान गयो
मंसिर १२, १८:२६