अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा ठेक्का लागेका तालहरूको फाइल नै गायब

घोडाघोडीमा ठेक्का लागेका तालहरूको फाइल नै गायब

कैलालीको घोडाघोडी नगरपालिकाले ठेक्का लगाएको तालहरूको सम्झौता पत्र लगायतका फाइलहरू गायब पारिएका छन् । १८ वटा तालको ठेक्का सम्झौता गरेको दाबी गर्ने नगरपालिका सँग ५ वटा ताल बाहेकका सम्झौता पत्रहरू छैनन् । बाँकी सम्झौता पत्रहरू कहाँ छन् भन्ने बारेमा नगरपालिका नै बेखवर छ ।

तालहरू कसले ठेक्का लिएको छ र कति राजस्व बुझायो भन्न बारे सामान्य जानकारी भए पनि आधिकारिक मानिने सम्झौताका फाइलहरू नगरपालिका सँग छैनन् । आफू आउनु अघि नै सबै तालहरूको टेन्डर खोलेर सम्झौता पनि भइसकेकोमा केही तालहरूको मात्रै आफू आएपछि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए । उनले भने,।।। “फाइल नै गायब त नहोला । कतै गोदाम तिर परेका छन् की म फेरी हेर्न लगाउँछु । यस अघि तालको कामहरू हेर्ने एक जना कर्मचारी सरुवा हुनु भयो । उहाँलाई पनि बोलाएको छु । सरुवा भएर जाँदा तालका सबै विवरणहरू प्रशासनमा बुझाएको छु भनेर रमाना लिनु भयो तर पछि त्यसो गरेको पाइएन ।”

तर यता कर्मचारीहरू कै मिलेमतोमा राजस्व छल्ने उद्देश्यका साथ तालका सम्झौता फाइलहरू गायब पारेको हुन सक्ने श्रोतको दाबी छ । तालहरूको ठेक्का भए यता हाल सम्म नगरपालिकाले कुल ६ लाख ८ हजार ५० रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । उठ्न बाँकी रकमका बारेमा भने नगरपालिका नै अनविज्ञ छ । तर फर्मले नगरपालिका सँग सम्झौता गर्दा बैङ्क ग्यारेन्टी राखेको अवधिका आधारमा पनि सबैलाई सम्पर्कमा ल्याई राजस्व असुल गर्ने र आनाकानी गर्ने फर्म सँगको ठेक्का सम्झौता तोडी कालो सूचिमा राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

२०७५ सालमा ६० बढी तालहरूको टेन्डर आह्वान गरेको नगरपालिकाले १८ वटा बाहेक अन्य तालहरू ठेक्का लगाउन सकेन । ठेक्का नलाएका तालहरू हाल कस्तो अवस्थामा छन् भन्ने बारे पनि नगरपालिका बेखवर छ । विगतमा विभिन्न समुदाय, वन तथा विद्यालयहरूले सञ्चालन गर्दै आएका तालहरू नगरपालिकाले आफ्नो स्वामित्वमा लिने घोषणा गरेको थियो । तत्पश्चात् धेरै तालहरू अलपत्र अवस्थामा रहेको गुनासो समेत बढेको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु
मंसिर ८, १७:०९
नेकपा एकीकृत समाजवादी पनि मेरै पार्टी जस्तो हो ः प्रचण्ड,नेकपा एसलाई धेरै सहयोग गरिएको दाबी
मंसिर ८, १७:०९