अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी अध्यक्ष प्रचण्ड बुधबार कैलाली आउँदै

पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी अध्यक्ष प्रचण्ड बुधबार कैलाली आउँदै

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली आउने भएका छन् ।

भजनी नगरपालिका कार्यालयको भवन उद्घाटन र पार्टीका कार्यक्रमहरुमा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधबार बिहान धनगढी आइपुग्ने नेकपा माओवादी केन्द्र कैलालीले जनाएको छ ।

नियमित उडानबाट बिहान करिब ८ बजे धनगढी विमानस्थल आइपुग्ने प्रचण्ड त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सिधै भजनी जाने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डले भजनीमा भजनी नगरपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेपछि बौनियामा नेकपा माओवादी केन्द्रको बर्दगोरिया गाउँपालिका अधिवेशन सहभागी हुने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालबहादुर सोडारीले जानकारी दिए ।

गाउँपालिका अधिवेशनको उद्घाटन गरेर उनी धनगढी आउने छन् । धनगढीमा प्रचण्डले माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने र बुधबार बेलुकीनै काठमाडौँ फर्कने जिल्ला अध्यक्ष सोडारीले जानकारी दिए ।

अध्यक्ष प्रचण्ड आउने भएपछि यहाँका नेता, कार्यकर्ताहरु आवश्यक तयारीमा जुटेका छन् ।  

बाबा रामदेवको टेलिभिजनमा ‘छापा’ कागजातहरू नियन्त्रणमा
मंसिर ७, १३:३०
कैलालीको गौरीगङ्गा नगरपालिकामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु
मंसिर ७, १३:३०