अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बाबा रामदेवको टेलिभिजनमा ‘छापा’ कागजातहरू नियन्त्रणमा

बाबा रामदेवको टेलिभिजनमा ‘छापा’ कागजातहरू नियन्त्रणमा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा ’छापा’ मारेको छ। विभागले आइतबार आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनमा छापा मागरेको हो।

पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार आएपछि विभागले छानविन थालेको हो।

अनुगमन टोलीले दुवै टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ ।शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा टीभी कार्यालयको उद्घाटन गरेका थिए।

नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ।

तर सञ्चालन हुन लागेको दुवै टिभि विभागमा दर्ता नभएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताएका छन्। 

कैलालीको लम्कीमा सामूहिक आक्रमण, चक्कु प्रहारबाट एक युवक घाइते
मंसिर ६, १८:०८
पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी अध्यक्ष प्रचण्ड बुधबार कैलाली आउँदै
मंसिर ६, १८:०८