अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र ३ प्रदेश(ख) को प्रदेश क्षेत्रीय सभापतिमा कमल राज चौधरी र्निविरोध छनोट

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र ३ प्रदेश(ख) को प्रदेश क्षेत्रीय  सभापतिमा कमल राज चौधरी र्निविरोध छनोट

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र ३ प्रदेश(ख) को प्रदेश क्षेत्रीय अधिवेशन बाट सभापतिमा कमल राज चौधरी प्रदेश सभापतिमा र्निविरोध छनोट हुनु भएको छ । प्रदेश क्षेत्रीय अधिवेशन मार्फत सभापतिमा चौधरी निर्विरोध छनोट भएको निर्वाचन अधिकृत नर बहादुर देउवाले जनकारी दिएका छन ।

प्रदेश क्षेत्रीय अधिवेशन बाट सभापति निर्विरोध चयन गर्नमा पार्टि भित्रका अग्रज नेताहरुको महत्वपूर्ण भूमिका रहेको नवनिर्वाचित सभापति चौधरीले बताए । नेपाली कांग्रेस पार्टीलाइ एक ढिक्का बनाएर लग्नु पर्ने जिम्मेवारी थपपिएको नवनिर्वाचित सभापति चौधरीले बताएका छन् ।

तर कैलालीका ५ निर्वाचन क्षेत्रमा मंसिर ६ गते सोमबार हुन गइरहेको क्षेत्रीय सभापति चयन र केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको विषय यतिबेला नेपाली कांग्रेस पार्टि भित्र नेता तथा कार्यकर्ताहरुका लागि एक प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ ।

निर्वाचित नयाँ प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति लगाएत ७ जना प्रदेश र १७ जना प्रदेश अधिवेशन प्रतिनिधि सहित २४ जनाको नयाँ प्रदेश सभा कार्यसमिति रहने छ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनको सयम नजिकिए संगै यति बेला नेपाली कांग्रेसका शिर्ष नेता तथा कार्यकर्ताहरुको ध्यान वडा, पालिका हुर्दै निर्वाचन क्षेत्र सम्म तानिएको हो ।

विबिध कारण बस निर्धारित सयम भन्दा केहि ढिलो गरि सुरुभएको वडा देखि पालिका सम्मको विभिन्न समिति देखि प्रदेश सभा सम्मको कार्यसमिति तथा प्रतिनिधि छनोट कार्यक्रम कैलालीमा शुक्रबार सकिएको छ ।

कैलालीको घोडाघोडीमा किशोरी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
मंसिर ३, १७:२७
कैलालीको घोडाघोडी नगरपालिमा किशोरी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
मंसिर ३, १७:२७