अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडीमा च्याउ तथा गहुको विउ अनुदानमा वितरण गरिदै

कैलालीको घोडाघोडीमा च्याउ तथा गहुको विउ अनुदानमा  वितरण गरिदै

कैलालीको घोडाघोडी नगरपालिकाले अनुदानमा गहुको विउ वितरण गर्न लागेको छ । जिल्लाको घोडाघोडी नगरपालिको कृषि शाखाले हिउदे खेतीका लागि गहु खेती गर्ने कृषकहरुलाई पचास प्रतिशत अनुदानमा गहुको विउ वितरण गर्दै छ । नगरपालिकाको चाल आर्थिक वर्ष २०७८÷०७९ को स्विकृत १८ लाख रकम को गहुको विउ खरिद गरिएको बताइएको छ । कृषि शाखाले अनुदानको गहुको विउ २०० क्वीन्टल विजय, १०० क्वीन्टल आदित्य, एन एल १०० क्वीन्ट र वि एल ४३ ÷४१ जातको ११४ क्वीन्टल खरिद गरिएको जनाएको छ ।

यस्तै हिउदे तरकारी अन्तरगत च्याउ खेती प्रवद्र्धन गर्नका लागि ३ लाख ५० हजारको च्याउको विउ खरिद गरि वितरण गरेको छ । च्याउ खेती प्रवद्र्धन गर्नका लागि कृषि शाखाले च्याउको विउमा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ भने पराल हाल्ने प्लाष्टिक निःशुल्क वितरण गरेको जनाएको छ । पालिकाले च्याउ खेती प्रवद्र्धनका लागि लक्ष्य भन्दा बढी च्याउको विउ खरिद गरि वितरण गरेका कृषि शाख प्रमुख जनक सिहं धामीले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।

पालिकाले अनुदानमा विउ वितरण गर्न थाले पछि अहिले विउको माग दोब्बरले माग बढेर आएको धामीले बताएका छन । पालिकाले किसानहरूको माग बर्सेनि बढ्दै गए पनि माग अनुसारको आपूर्ति गर्न भने नसकिएको पालिका अन्तर्गत कृषि विकास शाखाले जनाएको छ ।

कैलालीको घोडाघोडीमा ट्र्याक्टर दुर्घटना
मंसिर २, १८:२५
कैलालीको घोडाघोडीमा किशोरी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
मंसिर २, १८:२५