अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

काङ्ग्रेसको घोडाघोडी नगर सभापतीमा बम बहादुर सिंह बिजयी

काङ्ग्रेसको घोडाघोडी नगर सभापतीमा बम बहादुर सिंह बिजयी

नेपाली काङ्ग्रेसको घोडाघोडी नगर सभापतीमा बम बहादुर सिंह बिजयी भएका छन । बुधबार भएको मतदानमा १०६ मत प्राप्त गरि सिंह र्निबाचित भएका हुन ।

सभापतिका उमेदवार चन्द्र कुमार चौधरीले १०१ मत प्राप्त गरे । सिंह ५ मतान्तरले बिजयी भएका हुन । त्यसैगरी घोडाघोडी नगर उप सभापतीमा १०१ मत प्राप्त गरि तिलक प्रसाद गैरे भट्टराई र ९४ मत प्राप्त गरी मान बहादुर बिष्ट बिजयी भएका छन ।

नगर सचिवमा १०२ मत प्राप्त गरी रेवती कुमारी मल्ल र ९७ मत प्राप्त गरी बुधराम चौधरी र्निबाचित भएका छन ।

त्यस्तै नगर सह सचिवमा १०५ मत प्राप्त गरी नारायण आचार्य र १०५ मत प्राप्त गरी कृष्ण बहादुर चौधरी र्निबाचित भएका छन ।आसन्न १४ औँ महाधिवेशनमा घोडाघोडी नगर कार्य समितिका लागी बुधबार मतदान भएको थियो ।

सभापतिका लागी बम बहादुर सिंह र चन्द प्रसाद चौधरीको प्यानले चुनाबी प्रतिस्पर्धा गरेका थिए ।

घोडाघोडीमा युवा संघ नेपालको ८१ सदस्यी नगर कमिटी गठन
मंसिर २, ०७:५७
कैलालीका १३ स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न, कुन पालिकामा को सभापति ?
मंसिर २, ०७:५७