अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा युवा संघ नेपालको ८१ सदस्यी नगर कमिटी गठन

घोडाघोडीमा युवा संघ नेपालको ८१ सदस्यी नगर कमिटी गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भ्रातृ संगठन युवा संघ नेपाल घोडाघोडी नगर कमिटी गठन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै चित्र बोगटीको अध्यक्षतामा ८१ सदस्यी कमिटी गठन गरिएको हो ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा सुदुरपश्चिम सरकारका भौतिक पूबार्धार मन्त्रि दीर्घ सोडारीको प्रमुख आतिथ्यतामा सो कमिटी घोषणा गरिएको हो । यस्तै पिपुल्स भोल्युन्टियर संयोजकमा धन बहादुर रावललाई चयन गरिएको युवा संघ नेपालका केन्द्रिय सदस्य अमित बोगटीले जानकारी दिए । नगर कमिटी घोषणा कार्यक्रममा प्रदेश सांसद अमर बहादुर साउद, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता खडक रावत लगायतको सहभागिता रहेको थियो ।

भारतीय बाबा रामदेव नेपालमा टेलिभिजन खोल्दै
मंसिर १, १८:३१
काङ्ग्रेसको घोडाघोडी नगर सभापतीमा बम बहादुर सिंह बिजयी
मंसिर १, १८:३१