अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

काँग्रेसको वडा अधिवेशन स् घोडाघोडीको सबै वडामा सर्व सम्मत, क्षेत्रीय प्रतिनिधिको लागी चुनाव

काँग्रेसको वडा अधिवेशन स् घोडाघोडीको सबै वडामा सर्व सम्मत, क्षेत्रीय प्रतिनिधिको लागी चुनाव

कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको घोडाघोडीमा नगरपालिकाका १२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिवार भएको वडा अधिवेशनले वडा नेतृत्व सर्वसम्मत चयन गरेको हो । वडा नम्बर २,३ र ८ मा क्षेत्रीय प्रतिनिधिको लागी सहमति नहुँदा चुनाव भएको छ ।

अन्य वडामा भने क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको नेपाली काग्रेश घोडाघोडी नगर कमिटीले जनाएको छ । नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ अन्तरगत घोडाघोडी नगरपालिकाको १२ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको बताईएको छ । वडा कमिटी २७ सदस्यीय रहेको छ भने क्षेत्रीय प्रतिनिधि १५ देखी २५ जना चयन भएका छन् । कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ ।

मङ्सिर ६ गते सङ्घीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मङ्सिर १० गते जिल्ला अधिवेशन तोकिएको छ । कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको जनाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्य तालिका अनुसार शनिवार देखी बाँकी अधिवेशन प्रक्रियाहरू सुरु भएको हो ।

शनिवार १० जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी सुरु भएको हो । काँग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । काँग्रेसको १४ औँ महाधिवेशन महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।

कैलालीको बुलबुले रानी सामुदायिक वनमा लगाएको ताला ५ दिन पछि तोडियो
कार्तिक २७, २०:०२
हरिबोधिनी एकादशी आज, तुलसी दामोदरको विवाह गरी मनाइँदै
कार्तिक २७, २०:०२