अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धान खरिदमा उदासिनता देखिएपछि कैलालीका किसान मर्कामा

धान खरिदमा उदासिनता देखिएपछि कैलालीका किसान मर्कामा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् ।नेपाल सरकारले किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । तर धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत कम्पनीले धान खरिदको प्रक्रिया अगाडि बढाएको छैन ।

सरकारले प्रतिक्विन्टल मोटा धानको दुई हजार ७५१ र मध्यम धानको दुई हजार ८८५ दररेट निर्धारण गरेको छ । तर किसान अहिले प्रतिक्विन्टल एक हजार २०० मा धान बिक्री गर्न बाध्य छन् । कैलालीको टीकापुर –१ वनगाउँका गणेश चौधरीले यो वर्ष आफूले उत्पादन गरेको ४० क्विन्टल धान कम्पनीले खरिद नगरेको बताउनुभयो ।कम्पनीले धान खरिद नगर्दा अहिले उक्त परिमाणको धान घरको आँगनमै रहेको उहाँको भनाई छ । कम्पनीले धान खरिद गरिदिन्छ कि भन्ने आशामा बसेका गणेशको त्यो आशा पूरा हुन सकेको छैन ।

हिउँदेबाली लगाउने समय भइसक्दा पनि कम्पनीले धान खरिदका लागि कुनै प्रक्रिया अगाडि नबढाएपछि उहाँले सस्तोमा धान बेच्न बाध्य भएको पनि बताउनुभयो ।

कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
कार्तिक २४, १८:२२
अमेरिकालाई वामदेवको आग्रह ः एमसिसी फिर्ता लैजाऊ
कार्तिक २४, १८:२२