अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलारी गाउँपालिकाले किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध

कैलारी गाउँपालिकाले किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध

कैलालीको कैलारी गाउँपालिकाले किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । सो गाउँपालिकाको कार्यपालिका बैठकले बाढी प्रभावित किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको हो । कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले सो गाउँपालिकामा किसानको धानबालीमा ठूलो नोक्सान गरेको थियो । धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलनको कार्य जारी रहेको जनाइएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार किसानलाई राहत नदिएर हिउँदे बालीको बीउ सतप्रतिशत अनुदानमा उपलब्ध गराउने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

बैठकले १० कट्ठासम्म धानबालीमा क्षति भएको किसानलाई ४० केजी गहुँको बीउ पूर्ण अनुदानमा दिने निर्णय गरेको छ । यसैगरी, १० कट्ठादेखि एक बिघा जमिनमा धानबाली नोक्सान भएका किसानलाई ८० केजी गहुँको बीउ दिइने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । यस्तै, एकदेखि दुई बिघा जमिनको धानबाली नोक्सान भएका किसानलाई १२० केजी र दुई बिघाभन्दामाथि जग्गाको धानबाली नोक्सान भएका कृषकलाई सतप्रतिशत अनुदानमा २४० केजी गहुँको बीउ उपलब्ध गराइने जनाइएको छ । मकै र चैते धान खेती गर्ने किसानलाई पनि सतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए ।

नेपाल सरकारले ३ प्रदेशको प्रमुख परिवर्तन गर्यो,सुदूरपश्चिम प्रदेशमा देवराज जोशी नियुक्त
कार्तिक २३, १८:२१
कैलारी गाउँपालिकामा राति नाचगान गर्न रोक
कार्तिक २३, १८:२१