अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बेमौसमी बर्षाले घोडाघोडी नगरपालिकाको अन्नवालीमा ६ हजार १ सय ६३ दशमलब २ हेक्टरमा क्षेतीको विवरण संकलन

बेमौसमी बर्षाले घोडाघोडी नगरपालिकाको अन्नवालीमा ६ हजार १ सय ६३ दशमलब २ हेक्टरमा क्षेतीको विवरण संकलन

असोज ३१ गते देखि कार्तिक ३ गते सम्म परेका बेमौसमी वर्षाले सुदुर पश्चिमममा सवै भन्दा बढी क्षेती गरेको बताइएको छ । यस्तै कैलाली र कंचनपुरमा कृषकहरुको अन्नवालीमा सवै भन्दा बढी नोक्सान गरेको हो ।

बेमौसमी बर्षाले कृषकहरुको अन्नवालीमा क्षेती गरे पछि राज्यपक्षवाट कृषकहरुलाई राहत दिने कुरा आम जनताहरुले माग गरे पछि सरकारले प्रत्येक पालिकाहरुमा क्षेतीको विवरण संकलन गर्न शुरु गरेको थियो । सोही अनुसार कैलालीको घोडाघोडीमा पनि कृषकहरुको क्षेतीको विवरण संकलन कार्य गरिएको छ ।

नगरपालिकाको विपद व्यवस्थापन समिति र सर्वपक्षिए सरोकारवालाहरुको रोहवारमा वडा स्तरिया समिति गठन गरि कृषकहरुको अन्नवालीको लगत लिने कार्य गरिएको थियो । उक्त समितिले प्रत्येक वडावाट संकलन गरेको क्षेतीको लगत विवरण अनुसार कृषी शाखाले सोही तथ्यांकलाई कृषकहरुको खेतीमा भएको क्षेतीको विवरण निकालेको छ ।

घोडाघोडी नगरपालिका कृषि शाखाले कार्तिक ११ गते सम्मको उपलब्ध विवरण अनुसार घोडाघोडी नगरपालिकामा प्रत्येक वडामा भएको क्षेतीको विवरण वडा, वडाको अलग अलग गरि जात अनुसारको विवरण निकालेको छ ।

उक्त विवरणमा घोडाघोडी नगरपालिका वडा नं. १ मा ८४१५ कठ्ठमा धान, २२६ कठ्ठामा आलु, तोरी १५० कठ्ठा गरी ८७९१ कठ्ठा रहेको छ भने वडा नं. २ मा २१३८५ कठ्ठा धान, वडा नं.३ मा १५८३५ कठ्ठा धान, वडा नं. ४ मा १६१५० कठ्ठा धान, १२० कठ्ठा आलु, तोरी २० कठ्ठा, तरकारी ५० कठ्ठा, गरी १६३४० कठ्ठा रहेको छ ।

यस्तै वडा नं. ५ मा २०८०० कठ्ठा धान, वडा नं. ६ १७०८६ कठ्ठा धान, १४० कठ्ठा आलु, ४३७ कठ्ठा तोरी, अन्य जात ४६ कठ्ठा गरी जम्मा १७ हजार ७ सय ९ कठ्ठा रहेको छ । वडा नं. ७ मा १०९२४ कठ्ठा, धान, ३०० कठ्ठा, आलु, ४५० कठ्ठा, तोरी जम्मा ११ हजार ६ सय ७४ कठ्ठा रहेको छ । वडा नं.८ मा धान रोपेको क्षेत्रफल ११ हजार ६ सय ९८ नब्बे, गरी जम्मा ११६९८ रहेको छ ।

वडा नं.९ मा ९ हजार ५सय ३९ कठ्ठा धान, आलु ९ कठ्ठा, गरि जम्मा ९ हजार ५ सय ४८ कठ्ठा रहेको छ ।

वडा नं. १० मा १९ हजार ५ सय कठ्ठा धानको क्षेत्रफल, आलुको ७५ कठ्ठा, तोरीको १२५ कठ्ठा, तरकारी रोपेको २७ कठ्ठा गरि जम्मा १९ हजार ७ सय २७ कठ्ठा रहेको छ ।

यस्तै वडा नं. ११मा १३ हजार ७ सय २ कठ्ठा क्षेत्रफलमा धान, आलु ५९१ कठ्ठा, तोरी २३१८ कठ्ठा, तरकारी ६० कठ्ठा र अन्यमा ४४४ कठ्ठा गरी जम्मा १७ हजार १ सय १५ कठ्ठा रहेको छ । र वडा नं. १२ मा १० हजार ६ सय २ कठ्ठा धानको क्षेत्रफल, आलु ७६० कठ्ठा, तोरी २६०३ कठ्ठा, तरकारी ३०९ कठ्ठा गरी जम्मा १४ हजार २ सय ७४ कठ्ठा रहेको छ ।

यसरी स्थलगत तथा फोन मार्फत संकलन गरिएको तथ्याकको जम्मा क्षेत्रफल १७ लाख ५ हजार ६ सय ३६ कठ्ठा रहेको छ ।

भने आलुको २२ हजार २१ कठ्ठा रहेको छ , यस्तै तोरीको ६ हजार १ सय ३ कठ्ठा तरकारी ४४६ कठ्ठा र अन्यवाली ४९० कठ्ठा गरी जम्मा १८ लाख ४ हजार ८ सय ९६ कठ्ठा क्षेत्रफल रहेको छ भने ६१६३.२ हेक्टर रहेको घोडाघोडी नगरपालिका कृषि शाखाका प्रमुख जनक सिंह धामीले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।

माग सम्बोधन नभए ३० गते बाट सशक्त आन्दोलन गर्ने निजीस्रोत शिक्षक संगठनको चेतावनी
कार्तिक २२, १६:५७
नेपाली काँग्रेस कैलालीका हालका उपसभापति प्रकाश वमले जिल्ला सभापति पदमा उम्मेद्वार हुने घोषणा
कार्तिक २२, १६:५७