अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीद्वारा दशरथ मा.बि मा तालाबन्दी

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीद्वारा दशरथ मा.बि मा तालाबन्दी

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) कैलालीले घोडाघोडी नगरपालिका २ साडेपानिमा रहेको दशरथ माध्यमिक विद्यालयमा तालाबन्दी गरेको छ । आफूहरूका माग पुरा नभएको भन्दै विद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चित कालिन तालाबन्दी गरेको हो ।क्रान्तिकारीले कार्तिक १५ गते विद्यालयमा भयको भ्रष्टाचार र अनियमितता रोक्न,सार्वजनिक लेखा परीक्षण गराई विद्यालयको आय–व्यय सार्वजनिक गर्न, व्यक्तिगत रुपमा प्रयोग गरिएको विद्यालयको रकम फिर्ता गर्न, तत्काल अभिभावक भेला बोलाई विद्यालयमा देखिएका समस्याहरू समाधान गर्न लगायतका मागहरू राख्दै विद्यालय प्रशासनलाई २४ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको थियो ।

आफूहरूका मागहरूलाई विद्यालय प्रशासनले बेवास्ता गरिएपछि पहिलो चरणको सङ्घर्षको कार्यक्रम अन्तर्गत विद्यालयमा तालाबन्दी गरिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेश पातलीले बताएका छन् ।

कार्यवाहक प्रधानमन्त्री खाँड बुधबार सुदूरपश्चिम आउदै
कार्तिक १७, १८:२०
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी वार्षिक समीक्षा तथा योजना तर्जुमा बैठक कैलालीको सुखडमा सम्पन्न
कार्तिक १७, १८:२०